image

नाडाद्वरा कोभिड–१९ विरुद्धको खोप यथाशक्य चाँडो उपलब्ध गराउन माग

काठमाडौँ, १६, आसार । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारसमक्ष कोरोना भाइरस संक्रमण महामारी (कोभिड–१९) विरुद्धको खोप उपलब्ध गराउन अपिल गरेको छ ।सोमबार नाडाले विज्ञप्ती जारी गर्दै सरकारसमक्ष कोभिड विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको हो ।

अटोमोबाइल्स क्षेत्रका व्यवसायी, कर्मचारी र मजदुरहरुका लािग खोप उपलब्ध गराउन नाडाले अपिल गरेको हो । कोभिड १९ महामारीको दोस्रो लहरबाट जोगिनका लागि सरकारले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञालाई केही खुकुलो पारेको छ ।

यही सन्दर्भमा नाडाले अटोमोबाइल्स क्षेत्र समेत निश्चित समयमा सञ्चालन हुन पाउने भए पनि यसमा संलग्न व्यवसायी, कर्मचारी र मजदुरहरुलाई कोरोना भाइरस संक्रमण विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।