image
image

अब निजी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार शुल्क सरकारले नतिर्ने

काठमाडौँ, १५, असार । अबदेखि सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानहरूमा मात्र कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर घट्दै गएसँगै निजी अस्पतालहरूसँग गरेको उपचार सम्झौता तोडेको छ । असार १४ गते बसेको सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले अबदेखि निजी अस्पतालमा कोरोना संक्रमितको उपचार शुल्क सरकारले नव्यहोर्ने भएको हो । 

असार १४ गतेसम्म निजी अस्पतालमा भर्ना भएका बिरामीको हकमा १० दिनसम्मको शुल्क सरकारले व्यहोर्ने र नयाँ बिरामीको उपचार शुल्क नव्यहोर्ने निर्णय गरिएको सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । सबै निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई सरकारले तोकेको शुल्कभन्दा बढी नलिई उपचार गर्न गराउन समेत अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।