image
image

कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट अनिवार्य नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं, १४, असार । सरकारले कोरोना भाइरस महामारी संक्रमण निको भइसकेपछि परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य नगर्न आग्रह गरेको छ । विभिन्न सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरुले नेगेटिभ रिपोर्ट अनिवार्य गरे पछि स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो ।  

“केही सरकारी, गैह्रसरकारी तथा निजी कार्यालयहरुले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको पाइएकाले त्यस्तो नगर्न तथा नगराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ,” मन्त्रालयले भनेको छ । 

कोरोना संक्रमण पुष्टि भएको १० दिनपछि लक्षण नदेखिएमा अरूमा कोरोना सर्ने सम्भावना नहुने भएकाले परीक्षण गर्नुपर्ने कुनै वैज्ञानिक आधार नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यदि १० दिनपछि पनि कोभिड–१९ का लक्षण देखिएको खण्डमा लक्षण देखिन छोडेको थप ३ दिनसम्म आइसोलेसनमा बस्नु पर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ । यसपछि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना नसर्ने भएकाले नेगेटिभ रिपोर्ट अनिवार्य नरेहको मन्त्रालयलको भनाइ छ । 

विभिन्न सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरुले नेगेटिभ रिपोर्ट अनिवार्य गरेपछि संक्रमण मुक्त भइसकेपछि पनि कोभिड परीक्षण अनिवार्य गर्नै पर्ने अवस्था रहेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।