image
image

एमजीको एसयूभी ‘एचएस’ नेपाल आउँदै, कति छ मूल्य ?

काठमाडौँ । नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले प्रिमियम एसयूभी ‘एचएस’ नेपाली बजारमा भित्राउन लागेको छ। कम्पनीले यसको बुकिङ समेत खुल्ला गरिसकेको छ।

एचएसमा १.५ लिटर टर्बो इन्जिन दिइएको छ। जसले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएम पिक टर्क प्रदान गर्छ। यसमा ७ स्पीड डिसिटी गियरबक्स रहेको छ।

कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफु अनुकुल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन् । 

साथै यसमा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । जसमा एप्पलका र प्ले  एन्ड्रोइड अटो सपोर्ट रहेको छ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको छ । 

यसलाई नेपाल ल्याएको अवसर पारेर केहि समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपियाँ मूल्य तोकेर बिक्री सुरु गर्न लागेको छ । कालो, सेतो र रातो कलरमा उपलब्ध यस गाडी अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो साता सम्ममा डेलिभरी दिइने कम्पनीले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।