image

एनसेलको ‘बिजप्लस’ प्लान,मासिक शुल्क तिर्न ढिला भएपनि कल बारिङ नहुने

काठमाडौं । एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु  सार्वजनिक गरेको छ । सो प्लान अनुसार अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यलयहरुले उनीहरुकै लागि विषेश रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्छन् ।
एनसेलआजियाटा लिमिटेडले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पुर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएको हो ।

नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यलयहरुलाई लक्षित गरी ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक रु १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् ।

नयाँ बिजप्लस प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउँछन् ।

यसका साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्न्छन् ।

साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको रु १४९ वा रु १९९ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन् । कर्पोरेट ग्राहकले रु २९९ देखि रु १,४९९ सम्मका ६ वटा बिजप्लान मध्य कुनै पनि प्लान सुचारु गर्न सक्छन् ।

त्यस्तै सरकारी कार्यलयका ग्राहकले रु १४९ देखि रु ४९९ सम्मका ४ वटा प्लानहरु मध्य आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन् । बिजप्लान अन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन् ।

यस्तो छ प्लानहरु
१.    आवश्यकता अनुसारको डेटा, भ्वाइस र एसएमएसका साथै निःशुल्क डिजिटल सेवाहरु
 २. साना तथा मझौला व्यावसायी, ठूला कम्पनी र सरकारी कार्यलयका लागि मिल्ने प्लान
३. बिजनेस आवरमा एनसेल नेटर्वकभित्र निःशुल्क भ्वाइस र एसएमएस सेवा पाइने
४.    मासिक शुल्क तिर्न ढिला भएपनि कल बारिङ नहुने
५. सीयूजी नम्बर भित्र निःशुल्क कल सेवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।