image
image
१५ वर्षपछि सञ्चालनमा आउँदै कमला पुल, आगामी डिसेम्बरसम्म यातायात खुलाउने तयारी

१५ वर्षपछि सञ्चालनमा आउँदै कमला पुल, आगामी डिसेम्बरसम्म यातायात खुलाउने तयारी

कात्तिक १४ — धनुषा र सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला पुल आगामी डिसेम्बरसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। करिब १५ वर्षदेखि अलपत्र रहेको यस पुलको निर्माण कार्यले पछिल्लो समय गति लिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार पुलका बाँकी तीनवटा स्प्यानमध्ये पहिलोको स्ल्याब ढलान सम्पन्न भइसकेको छ भने अन्य दुईवटा स्प्यानको स्ल्याब ढलान पाँच दिनभित्र पूरा गर्ने गरी काम भइरहेको छ। पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाइएको मन्त्रीले बताएका छन्।

करिब ४७० मिटर लामो यो पुल निर्माणका लागि २०६८ सालमा पप्पु कन्स्ट्रक्सनले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो। निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि निर्माणको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई दिइएको थियो। पुल सञ्चालनको तयारी भइरहेका बेला २०७८ असार १७ गते आएको बाढीले पुलका संरचनामा क्षति पुर्‍याएपछि निर्माण कार्य पुनः अवरुद्ध भएको थियो।

पुल सञ्चालनमा नआउँदा सिरहा, धनुषा तथा आसपासका हजारौँ सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्दै आएका छन्। स्थानीय बासिन्दा कमला नदी वारपार गर्न डुंगाको सहारा लिन बाध्य छन्। पुल नहुँदा एक जिल्लाबाट अर्को जिल्लामा पुग्न लामो वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।

पुल सञ्चालनमा आएपछि मधेश प्रदेशका दुई महत्वपूर्ण जिल्लाबीचको आवागमन सहज हुनुका साथै व्यापार, व्यवसाय, कृषि तथा स्थानीय आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब भने १५ वर्षदेखिको प्रतीक्षाले पूर्णता पाउने हो कि होइन भन्ने कुरा निर्माण कार्यको समयमै सम्पन्नतामा निर्भर रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।