image
image
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट राहत वितरण

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट राहत वितरण

कात्तिक १४ — गोरखाको बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उत्तरी गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याउन थालिएको छ। बाढीले सडक तथा पैदलमार्ग बगाएपछि सडक यातायात अवरुद्ध भएका क्षेत्रमा ड्रोनबाट राहत वितरण गरिएको हो।

गृहमन्त्री सुधन गुरुङ प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेपछि चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाट ड्रोनमार्फत स्थानीय बासिन्दाका घरसम्म सामग्री पुर्‍याइएको छ। विशेषगरी चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पाङसिङ, पाति, नाग्चेत र सिर्दिवासका करिब सात सय घरधुरीलाई लक्षित गरी सोलार सामग्री पठाइएको छ।

विद्युत् सेवा अवरुद्ध भएपछि अन्धकारमा बस्न बाध्य भएका स्थानीयलाई राहत दिन सोलार वितरण गरिएको हो। राहत सामग्री ढुवानीका लागि दुईवटा ड्रोन प्रयोग गरिएको छ भने सशस्त्र प्रहरीका प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।

बाढीले पुल, सडक, घर तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि उत्तरी गोरखाका धेरै बस्तीको आवागमन प्रभावित भएको थियो। कठिन भौगोलिक अवस्था र यातायात सम्पर्क विच्छेदका कारण राहत पुर्‍याउन चुनौती देखिए पनि ड्रोनको प्रयोगले दुर्गम बस्तीमा सहायता पुर्‍याउन सहज भएको छ।

यसैबीच, क्षतिग्रस्त सिर्दिवास उहिया लघुजलविद्युत् आयोजना मर्मत भएपछि उक्त क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।