image
image
नेपालको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा एक लाखभन्दा बढी ऋणभार

नेपालको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा एक लाखभन्दा बढी ऋणभार

कात्तिक १४ — नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ अर्थात् ५३.१३ प्रतिशत रहेको छ भने आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड रुपैयाँ अर्थात् ४६.८७ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै सरकारले १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण थपेको छ। यस अवधिमा सरकारले ऋणको साँवा तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ।

कुल सार्वजनिक ऋणलाई नेपालको जनसंख्याका आधारमा हिसाब गर्दा प्रत्येक नेपालीको भागमा एक लाख रुपैयाँभन्दा बढी ऋणभार पर्न आउँछ। त्यस्तै, मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋण ४५.५९ प्रतिशत पुगेको छ।

पछिल्लो सात वर्षमा नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको छ। ऋणको आकार निरन्तर बढ्दै जाँदा त्यसको सदुपयोग, विकास निर्माणमा लगानी र प्रतिफलको विषयमा पनि प्रश्न उठ्न थालेको छ।

सरकारले लिएको ऋण उत्पादनमूलक क्षेत्रमा परिचालन गरी अर्थतन्त्रलाई बलियो बनाउने कि ऋणको साँवा र ब्याज तिर्नै राज्यको ठूलो स्रोत खर्च गर्ने भन्ने विषय अहिले गम्भीर बहसको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।