image
image
चक्रवात अर्नबको प्रभाव : कोशी र बागमतीसहित देशका विभिन्न क्षेत्रमा वर्षा जारी

चक्रवात अर्नबको प्रभाव : कोशी र बागमतीसहित देशका विभिन्न क्षेत्रमा वर्षा जारी

कात्तिक १४ — बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेको छ। यसको प्रभावसँगै कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा समेत वर्षा भइरहेको छ भने मधेश प्रदेशका केही स्थानमा पनि पानी परेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भूभागमा मौसम बदली भएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हिमआँधीको प्रभाव देखिएको छ।

वर्षाका कारण जनजीवन, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनार, बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न सम्बन्धित निकायले अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।