image
image

पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ माघ १५ । हिजो प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ घर भइ काठमाडौँ नगरपालिका -२६ मा बस्दै आएका २८ वर्षीय कृष्ण चौलागाई हुन् । उसको साथबाट १ राउण्ड गोलि र १ थान कटुवा पेस्तोल बरामत गरीएको प्रहरीले बताएको छ । 
महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । उसलाई  काठमाडौं महानगरपालिका-२६ स्थित टिफेन रेष्टुरेण्ट नजिकबाट पक्राउ गरिएको थियो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 
 










 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।