image
image
कुलमान घिसिङ र हितेन्द्रदेवको रिट चूडाल र पाण्डेयको इजलासमा

कुलमान घिसिङ र हितेन्द्रदेवको रिट चूडाल र पाण्डेयको इजलासमा

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेका छन्।

सर्वोच्च अदालतले भर्खरै प्रकाशित गरेको पेसी सूचीमा उक्त इजलासको पहिलो र दोस्रो नम्बरमा कुलमान र हितेन्द्रदेवका निवेदन क्रमशः परेका छन्।यसअघि आइतबार पेसी तोकिएका भए पनि सुनुवाइ नभएपछि मंगलबार सरेको हो।आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका थिए।

हितेन्द्रदेव शाक्यका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएको कारण त्यस दिन ‘हेर्न नमिल्ने’ मा परेको हो।कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।