FIFA U-15 World Cup का लागि नेपाली युवा खेलाडीको छनोट जारी
भाद्र १८ । नेपालमा FIFA U-15 World Cup & Festival Azerbaijan 2026 का लागि युवा खेलाडी छनोट प्रक्रिया तीव्र बनेको छ। काठमाडौंस्थित एन्फा कम्प्लेक्समा कोशी, मधेश र बागमती प्रदेशका खेलाडी सहभागी हुँदै केन्द्रीय छनोट भइरहेको छ। बाँकी प्रदेशका खेलाडीको छनोट सडक अवस्थालाई ध्यानमा राख्दै रुपन्देहीको तिलोत्तमा–१४ स्थित सुपौली फुटबल मैदानमा सञ्चालन गरिएको छ।
यस प्रक्रियाबाट छनोट हुने खेलाडीहरूले अजरबैजानमा अक्टोबर २२ देखि ३१, २०२६ सम्म हुने FIFA U-15 World Cup & Festival मा नेपाल प्रतिनिधित्व गर्ने अवसरका लागि प्रतिस्पर्धा गर्नेछन्।









