image
image
बेपत्ताको खोजीका लागि काठमाडौंमा ‘Missing Wall’

बेपत्ताको खोजीका लागि काठमाडौंमा ‘Missing Wall’

भाद्र १८। भोटेकोशीसहितका क्षेत्रमा आएको विनाशकारी बाढीपछि आफ्ना आफन्तको खोजीमा रहेका परिवारका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा पर्खाल आशाको केन्द्र बनेको छ। पर्खालभरि बेपत्ता भएका व्यक्तिका सयौँ तस्बिर टाँसिएका छन्।

परिवारजनले बेपत्ता आफन्तको फोटो, नाम, सम्पर्क नम्बर तथा पहिचान खुल्ने विवरण राखेर उनीहरूबारे कुनै सूचना प्राप्त हुने आशा गरेका छन्। केही तस्बिरसँगै उद्धारको अपिलसमेत लेखिएको छ।

बाढीपछि ४,२०० भन्दा बढी मानिस अझै बेपत्ता रहेको पछिल्लो विवरण छ। उद्धार टोलीले खोजी जारी राखे पनि दुर्गम भूगोल, बाढीले बगाएका सडक–पुल र जलविद्युत् आयोजनाका सुरुङमा जमेको माटो तथा भग्नावशेषका कारण खोजी निकै कठिन बनेको छ।

‘Missing Wall’ अहिले आफन्तको खोजी मात्र होइन, विपत्तिमा हराएका मानिसको पहिचान र परिवारको अन्तिम आशाको प्रतीक बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।