image
image
६ वर्षपछि एमयुमा आज स्ववियु निर्वाचन हुँदै

६ वर्षपछि एमयुमा आज स्ववियु निर्वाचन हुँदै

काठमाडौं । छ वर्षपछि आज मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । नौ वटा विद्यार्थी संगठन र एक जना स्वतन्त्र उम्मेद्वार आज हुने निर्वाचनका लागि चुनावी मैदानमा होमिएका छन् । २०७३ सालको भदौ पछि मध्यपश्चिम विश्वविद्यालयमा चुनाव भएको थिएन । 

६ वर्ष पछि चुन लागेको निर्वाचनमा नेपाल विद्यार्थी संघ,  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु क्रान्तिकारीबिच प्रतिस्पर्धा हुने अनुमान छ । ४ हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ ।

दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यसपछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य रहन्छन् । मध्यपश्चिम विश्वविद्यालयमा मुख्य तीन राजनितिक दलका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु क्रान्तिकारी एक्लाएक्लै चुनावी मैदानमा होमिएकाले स्ववियु निर्वाचन झन् रोचक बनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।