image
image
जनताको पानी र सरकारको लगानी गर्ने विषय हाम्रो मुल लक्ष्य हो : खानेपानी  यादव

जनताको पानी र सरकारको लगानी गर्ने विषय हाम्रो मुल लक्ष्य हो : खानेपानी  यादव


काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले मन्त्रालय जनताको पानी र सरकारको लगानी भन्ने विषयलाई लिएर अगाडि बढि रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक सरोकारवालहरुबीच गोष्ठी कार्यक्रममा उनले पानीमा जिरो प्रतिशत जनताको लगानी र सय प्रतिशत नै सरकारले लगानी गर्ने भन्दै यसको नीतिसहित अगाडि बढिरहेको बताए ।

उनले भने, ‘जनताको पानी र सरकारको लगानी भनेर हामी अगाडि बढि रहेका छौ । अब जनताको एक रुपैयाँ पनि पानीमा नलाग्ने जिरो प्रतिशत जनताको लगानी रहने गरि सय प्रतिशत नै खानेपानीमा नेपाल सरकारले लगानी गर्ने गर्छ । यसको नीतिसहित हामी अगाडि बढि रहेका छौ । खानेपानीको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याई रहेका छौ भन्ने विश्वास पनि लिएका छौ ।’

उनले डाटा अनुसार जनतालाई २७ प्रतिशत स्वच्छ र शुद्ध पानी वितरण गरिएको भन्दै प्रदेश र स्थानीय सरकारको सहयोगमा यसलाई एक वर्षभित्र ५७ प्रतिशत पु¥याउनको लागि मन्त्रालय अगाडि बढिरहेको बताए । यसको साथै, उनले तीनै तहका सरकारबीच सुशासनमार्फत अन्तर समन्वय गर्दै पानीमा समान पहुँच न्याय संगत वितरण र दिर्घकालिन व्यवस्थापन प्रवद्र्धनमा पहल गरिरहेको बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।