image
image
दैनिक जिवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्व छ : उजमन्त्री खड्का

दैनिक जिवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्व छ : उजमन्त्री खड्का


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन् । शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सहि सदुपयोग र सहि उपयोग गर्न सके दैनिक जिवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्याउने बताएका हुन् ।

उनले भने, ‘पानी बिना जिवन एकछिन कल्पना गर्न पनि हामीलाई गाहे छ ।  सबैभन्दा बढी पानी अर्थात जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महशुस गर्न सक्छौं । यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो । यसलाई सहि सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो । दैनिक जिवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि यो पानी अर्थात जलस्रोत अत्यन्तै उपयोगी छ । खासगरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढीरहेको छ । ’

साथै उनले पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतिहरुको व्यवस्थापन गर्नुपर्ने बताए । उनले हिमालहरुको अवस्था, हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि नेपाल सरकार गम्भिर रुपले लागिरहेको समेत बताए ।

उनले भने, ‘हामीले स्वच्छ पानीका कुरा गरिराखेका छौं । र पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतिहरुको व्यवस्थापन आवश्यक छ । वातावरण प्रभावका कुरा गरिराखेको छौं । वातावरणका असरका कारण, हिमालहरुको अवस्था, हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि नेपाल सरकार गम्भिर छ । विभिन्न दातृ राष्ट्रहरुसँग, विकास साझेदारी राष्ट्रहरुसँग छलफल र अनुरोध गरिराखेको छ । हामीले हाम्रो तहबाट संरक्षण गर्ने कुरा र उपयोग गर्ने कुरामा पनि हामी सबै नेपालीहरु आफ्नो ठाउँबाट लाग्नुपर्छ भन्ने म विश्वास राख्न चाहन्छु ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।