image
image
विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाएकाछन् : सुमना श्रेष्ठ

विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाएकाछन् : सुमना श्रेष्ठ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठक पश्चात उनले विश्वविद्यालयलाई दलहरुले आफ्नो स्वार्थको लागि प्रयोग गरेको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताईन् ।  दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई सिडिको रुपमा प्रयोग मात्र गरिरहेको भन्दै यस्तो तरिकाले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न नसक्ने पनि उनको भनाई छ । 

उनले भनिन्, ‘विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेका छन् । यसलाई तत्काल रोक्नु पर्छ । यसलाई रोक्नलाई जुन तरिकाले सदन सहज तरिकाले केही पनि नभएको जस्तो गरेर चलिरहेको छ । स्ववियूको निर्वाचनमा के भईरहेको हो, एकदमै झगडाको माहोल बनेको छ । धेरै जनालाई यो विद्यार्थीहरुले गरेको जस्तो लाग्छ तर मलाई लाग्छ यो दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई आफ्नो सिडिको रुपमा प्रयोग मात्र गरिरहेका छन् । यस्तो पाराले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न सक्दैँन् ।’ 

यसको साथै, उनले सदनमा घृणाको राजनीति नगरौं भनेर भन्ने दलहरुले नै विद्यार्थीहरुलाई एकअर्कालाई कुट भनेर आदेश दिने गरेको भन्दै योभन्दा बढि घृणाको काम अरु केही हुन नसक्ने बताईन् । उनले भनिन्, ‘यही सदनमा छन् धेरै जना कमान्डरहरु, सदनमा राम्रो कुरा गर्छन् घृणाको राजनीति नगरौं भनेर तर बाहिर  विद्यार्थीहरुलाई एकअर्कालाई कुट भनेर भन्ने योभन्दा बढि घृणाको काम अरु के हुन सक्छ । तर यस्तो काम दलहरुले गर्न लगाइ रहेको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।