image
image
पोखराको पश्चिमाञ्चल क्याम्पसमा गुटगत विवादको असर स्ववियुमा

पोखराको पश्चिमाञ्चल क्याम्पसमा गुटगत विवादको असर स्ववियुमा


काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसभित्र देखिएको गुटगत विवादको असर स्वतन्त्र बिद्यार्थी युनियन(स्ववियु)को चुनाबमा देखिएको छ । नेपाली कांग्रेस कास्कीभित्र देखिएको पूर्वजिल्ला सभापति कृष्ण केसी समूह र वर्तमान जिल्ला सभापति किशोरदत्त बराल समूहबिचको बिबादको असर स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा देखिएको हो । केसी डा. शेखर कोइराला समूह निकट मानिन्छन भने बराल पार्टी सभापति शेरबहादुर देउवा समूह निकट ठानिएका छन्।

नेपाली कांग्रेस कास्कीभित्रको यही गुटगत बिबादका कारण भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बराल समूह इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा भएको स्ववियु चुनाबमा सहभागी छ भने अर्को समूह क्याम्पसको मूलगेटमा सोमबार साँझदेखि रिले अनसन बसिरहेको छ ।
आन्तरिक कलहका कारण नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्ववियु चुनाबमा सचिव पदमा उम्मेदवारी दर्ता गर्न सकिरहेको छैन । त्यसको दोष डा.कोइराला समूहले पार्टीका वर्तमान कास्की जिल्ला सभापति किशोर दत्त बराललाई दिएको छ ।

सो समूहले त क्याम्पसको मूल गेट अगाडि रहेको आफ्नो सम्पर्क कार्यालय सामुन्ने ठड्याएको फ्लेक्स बोर्डमा आफ्नो संगठनका उम्मेदवारहरुको नाम र फोटो राखेको छ । तर सचिव पदमा भने ‘सचिव बेचुवा’भन्दै वर्तमान कास्की जिल्ला सभापति बरालको फोटो राखेको छ ।

एकातिर नेपाली कांग्रेसको डा।कोइराला समूहले आफ्नो पार्टीको जिल्ला सभापति बरालबिरुद्ध असंतुष्टि जनाइरहेको छ नै, अर्कोतिर आफ्नो संगठनको तर्फबाट उम्मेदवारी दर्ता गराएका सचिव पदका उम्मेदवार प्रशान्त उपाध्यायको उम्मेदवारी दर्ता नगरेर अन्याय गरेकाले निर्वाचन समिति र क्याम्पस प्रमुख समेतले राजीनामा दिनुपर्ने भन्दै आन्दोलन शुरु गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।