image
image
शहरी विकास मन्त्रालयको वित्तीय प्रगति विवरण सार्वजनिकः चालु आर्थिक वर्षमा कति बजेट खर्च ?

शहरी विकास मन्त्रालयको वित्तीय प्रगति विवरण सार्वजनिकः चालु आर्थिक वर्षमा कति बजेट खर्च ?


काठमाडौं ।  शहरी विकास मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको  छ । मंगलबार एक कार्यक्रमकाबीच मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो । चालु आ.व.२०८१÷८२ मा यस मन्त्रालयको जम्मा ९१ अर्व ३५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब  २५ करोड ८३ लाख ३९ हजार रहेको जनाएको छ । जसमध्ये  चालु तर्फ  ४ अर्ब  ४२ करोड ३८ लाख २३ हजार र पूँजीगत तर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ । 

हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पूँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । समग्रमा हालसम्म जम्मा १२ अर्व २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको अवस्था छ । मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण मैनालीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ छ । संघीयतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको थियो । हालसम्म जम्मा रू १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको प्रवक्ता मैनालीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।