image
image
प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त आईजीपी थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त आईजीपी थापा


काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेको छ । मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । ३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन् । थापाले आजैबाट कार्यभार सम्हाल्ने छन् ।

कार्यभार सम्हाल्दै नवनियुक्त (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । उनले प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने बताएका हुन् । उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन ।’ साथै उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।