image
image
बंगलादेश पुगे राष्ट्रसंघका महासचिव गुटेरेस, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा

बंगलादेश पुगे राष्ट्रसंघका महासचिव गुटेरेस, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा


काठमाडौं ।  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन्। समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार विहिबार बंगलादेश पुगेका गुटेरेसले बंगलादेशको कोक्स बजारको भ्रमण गरेका छन् छन्, जहाँ रोहिंग्या शरणार्थी शिविरहरू छन् ।

त्यसपछि सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग भेट गरेका गुटेरेसले सरकारलाई धन्यवाद दिदै लेखेका छन्–देश नयाँ परिवर्तनहरूबाट गुज्रिरहेको बेला, सबैका लागि दिगो र उज्ज्वल भविष्य निर्माण गर्न संयुक्त राष्ट्र संघमा तपाईं भर पर्न सक्नुहुन्छ ।

विश्व खाद्य कार्यक्रम र अन्य संस्थाहरूले सहायतामा सम्भावित कटौतीको घोषणा गरेपछि, विशेष गरी युएसएडले आफ्नो सञ्चालन बन्द गरेपछि उनको भ्रमणले महत्व राख्ने बताइएको छ ।

यसैबीच, बंगलादेशको अन्तरिम सरकारले  गुटेरेसको यो भ्रमणले रोहिंग्या शरणार्थीहरूको लागि सहायता सङ्कलन गर्न विश्वभर भइरहेका प्रयासहरूलाई थप सहयोग मिल्ने र उनीहरूको समस्यातर्फ विश्वको ध्यान आकर्षित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।