image
image
लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सोविता गौतम

लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सोविता गौतम


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ अवाजहरुलाई दमन गरिरहेको आरोप लगाएकी छन् ।  

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले सरकार अत्याधिक शर्तक, असहिष्णु र उदाउँदै गरेको नयाँ अवाजहरुलाई दमन गर्न उद्दत रहेको बताएकी हुन् । उनले सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको पनि दाबी गरेकी छन् । 

अहिलेको सङ्कट सरकार आफैंले निम्त्याएको बताउदै सांसद गौतमले भनिन्- सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो । उदाउँदै गरेका नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पंत्तिमा उभिन सक्थे, उनीहरुलाई  झुठा मुद्दा लगाएर दमन गरिरह्यो ।सदनमा प्रश्नको जवाफ नदिने, प्रश्न गर्ने सांसदहरुलाई होच्याउने, पत्रकारहरुको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडकहरु कब्जा गर्ने यी सबै नियन्त्रणमुखी शासनका लक्षण हुन् । सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन । त्यसैले लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो । सबैको विचार अट्ने व्यवहार गर्नुस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ, यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।