image
image
पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन चैत १ बाट फेरि आन्दोलन गर्दै राप्रपा

पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन चैत १ बाट फेरि आन्दोलन गर्दै राप्रपा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन गर्ने भएको छ । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर राणाले चैत १ बाट राप्रपाले आन्दोलन गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै राणाले सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीलाई आह्वान गर्दै आन्दोलन थाल्ने जानकारी गराएका छन् ।

उनले भनेका छन्–ुहिजो श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको सवारी सफलता पूर्वक सम्पन्न भएकोमा सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदाय, सुरक्षा निकाय, स्वयंसेवकहरू, तथा शुभेच्छुक महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गते देखि बृहत् राष्ट्रवादी अन(आन्दोलनको सुरुवात गरिँदैछ । सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु ।ु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।