image
image
कांग्रेस निर्णयः गण्डकी प्रदेशसभामा थापाको नाम, बीआरआईबारे पुरानै अडान

कांग्रेस निर्णयः गण्डकी प्रदेशसभामा थापाको नाम, बीआरआईबारे पुरानै अडान


काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

उनले भने,‘गण्डकी प्रदेशसभा सांसद विमला गौचनको असामहिक निधन भयो । त्यो रिक्त पदमा निर्वाचन आयोगले निर्देशन गरेअनुसार सो पदपूर्तिका लागि सुनिता थापालाई प्रस्ताव गरेर पठाउने कुरालाई बैठकलाई अनुमोदन ग¥यो ।’

त्यस्तै उनले कांग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने निर्णय अहिलेपनि कायमै राखेको बताए । अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द नगर्ने पार्टीको धारणा रहेको पनि उनले जानकारी दिए । 

उनले भने,‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो ।  त्यही निर्णयमा आज पनि कायम छौँ । अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।