image
image
खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने महानगरको चेतावनी

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने महानगरको चेतावनी

 काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ । महानगरपालिकाले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । आज महानगरपालिकाले एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने जनाइएको छ । 

महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले जानकारी दिएको छ । 

सूचनामा लेखिएको छ, ‘काठमाडौँ महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको जानकारी गराइन्छ । साथै यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन. २०८१ बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकारान गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।