image
image
सहकारी ठगी प्रकरण: छवि र खनाललाई पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

सहकारी ठगी प्रकरण: छवि र खनाललाई पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।

त्यस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । समय भने निश्चित नभइसकेको प्रहरी जानकारी दिएको छ ।  रवि र छवि दुवै सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

जोशी र खनाललाई भने आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्‍याइएको प्रहरी स्रोतले जनाएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।