image
image
जलश्रोतको दोस्रो धनि देश भएर पनि खाने पानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था छ : खानेपानीमन्त्री यादव

जलश्रोतको दोस्रो धनि देश भएर पनि खाने पानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था छ : खानेपानीमन्त्री यादव


काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले जलश्रोतको दोस्रो धनि देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद् रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशन सहितको छैठौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले, सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्ने भएतापनि अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा चुनौतीहरु रहेको बताए । 

उनले भने,‘नेपालको आर्थिक सामाजिक विकासमा खोनपानी र सरसफाई क्षेत्रको महत्व हामी सबैलाई अवगत नै छ । सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्दछ । तर अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा केही चुनौतीहरु यथावत नै छ । जलश्रोतको धनि देश नेपाल भनेर गरौव गछौं तर जनता पानीको लागि आन्दोलन गर्छन् ।’

मन्त्री यादवले खानेपानी तथा सरसफाईको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणकासाथ अगाडी बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकोमा धन्यवाद दिए । मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भन्दै महासंघ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।