image
image
अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्यो : झलनाथ खनाल

अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्यो : झलनाथ खनाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन् । बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन प्रस्थान गरेका उनी शनिबार स्वदेश फिर्ता भएका हुन् ।

 स्वदेश र्फिता भएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुशी लागेको बताएका छन् । उनले  बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक गरेको टिप्पणी गरेका हुन् ।

उनले भने,  ‘बीआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पु¥याउन सकेन । बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको छ  । छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन सक्दैन ।’

उनले बीआरआई नेपालको हितमा रहेको बताए । खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।