image
image
अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न सकेको छैन् : सभामुख घिमिरे

अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न सकेको छैन् : सभामुख घिमिरे

काठमाडौं । अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न नसकेको सभामुख देबराज घिमिरेले बताएका छन् । आज काठमाडौंमा आयोजित अपाङ्गता भएका युवाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले भेदभाव रहित कानून बनाउने कुराको ग्यारेन्टी गरेसँगै कानूनहरु निर्माण भएतापनि कार्यान्वयनमा भने फितलो रहेको बताए ।  

उनले भने, ‘संविधानले भेदभाव रहिद कानून बनाउने कुराको ग्यारेन्टी गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको सम्मानको कुराहरु पनि गरेको छ । कानून बन्न निर्देशित गर्छ र बनेका पनि  छन् । तर कानूनहरु कार्यान्वयन गर्ने सन्दर्भमा अझै पनि धेरै कमिहरु भइरहेका छन् । यो क्षेत्रको संवेदनशिलतालाई पहिलो कुरा परिवारले, समाजले र राष्ट्रले आत्मसाथ गर्न सकिरहेको छैन् । जति आत्मसाथ गराउन सक्छौं त्यति नै यो क्षेत्रको समावेशिता हुन सक्छ ।’

उनले नीति, सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने राज्यका विभिन्न अङ्गहरुले अपनाएर मात्रै समावेशिता सम्भव नरहेको धारणा राखे । विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत वृद्धि गर्न सके मात्रै समावेशीताको बलियो आधार बन्न सक्ने उनको भनाई छ । 

उनले भने, ‘समावेशिताको कुरा गरिरहँदा समावेशिता नीति र सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने तह र राजयका विभिन्न अङ्गहरुले यसलाई अपनाएर मात्रै सम्भव छैन् । मेरो विचारमा समावेशिता सक्षम हुनुपर्छ । त्यसपछि मात्रै यी कुराहरु कार्यान्वयन गर्ने आधार बन्न सक्छ । समावेशिताको लागि विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत कसरी वृद्धि गर्ने त्यो सोच्नु पर्छ । यो समुदायलाई आर्थिक रुपमा चाहिने न्यूनतम आवश्यकता परिपूर्ति गरेपछि मात्रै समावेशिताको लागि बलियो आधार बन्न सक्छ ।’ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।