image
image
सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक रुपमा देखा परेको छ : मन्त्री गुरुङ

सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक रुपमा देखा परेको छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताएका छन् ।  मंगलबार काठमाडौंमा आयोजित ‘डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए । 

उनले भने,‘सामाजिक सञ्जाल कमसेकम मर्यादित बनाउनुपर्छ । व्यवस्थित बनाउनुपर्छ । सद्भाव भत्काएर दुर्भाभवना फैलाउने काम प्रयत्न गरिराखेको छ । यो चिज चाँही हाम्रो विकासको लागि बाधक छ । हाम्रो आईटी क्षेत्रको विकासकै लागि पनि यो बाधक छ । यसबाट पनि चुनौतीहरु बढेको छ । अपराधहरु बढेको छ । यसलाई रोकथाम गर्नुपर्छ ।’

उनले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक रहेको बताए ।  उनले भने,‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक छ । तथापी नेपालको प्रचलीत कानुन ऐनको कार्यविधि विपरित गएर सञ्चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ ।’मन्त्री गुरुङले देशमा अहिले सामाजिक सञ्जाल अराजक बन्दै गइरहेको टिप्पणी गरे । सांस्कृतिक सह–अस्तित्वको नमुना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उनको भनाई छ । 

उनले भने,‘हाम्रो देशमा,समाजमा अहिले अराजक भनेकै सामाजिक सञ्जाल रहेको छ ।हामी भन्छौं नि दही जस्तै जमेको विभिधतामा एकता भएको बाँधिएर बसेको हाम्रो समाज भनेर । सांस्कृतिक सह–अस्तित्वको नमुना देश नेपाल तर आज सामाजिक सञ्जालको गलत प्रयोगले दहि जस्तो देशमा कागती निचोर्ने काम भएको छ । त्यसैले सामाजिक सञ्जालको नियमन एकदमै जरुरी छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।