image
image
रविलाई चितवन लगियोः बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने तयारी

रविलाई चितवन लगियोः बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन पुर्याइएको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन लगिएको हो ।

लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरे पछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो । चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।