image
image
दुर्गा प्रसाईं लगायतका सबै शक्तिहरु एक ठाउँमा आउनुपर्छ : कमल थापा

दुर्गा प्रसाईं लगायतका सबै शक्तिहरु एक ठाउँमा आउनुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको समयको  माग एकताको रहेको बताएका छन् । सोमबार ‘नेपालको राजनीतिमा विदेशी हस्तक्षेप’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले भ्रष्ट व्यवस्था र  भ्रष्ट शासनबाट  देशलाई  मुक्त तुल्याउनको  निम्ती एकता हुन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘एकताको सत्यता नै आत्मियता हो । अहिलेको समयको माग एकता हो । एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक सत्य आउन जरुरी छ । जनतालाई दिनैपर्छ  हामीले । त्यो  दिनको  नीमित्त मन, बचन, कर्मले तयार  हुनुपर्छ ।  कुनै  किसिमको स्वार्थ, सर्त र  चाहना म बाट छैन । मात्र हामीले भ्रष्ट व्यवस्था र  भ्रष्ट शासनबाट  देशलाई मुक्त तुल्याउनको निम्ती एकता गर्नैपर्ने अवस्था छ ।’

साथै उनले दुर्गा प्रसाईं लगायतका सबै शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । उनले हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न चाहने तथा भ्रष्टाचार नियन्त्रण गरेर  सुशासनको माध्यमबाट सबल र समृद्घ नेपाल  निर्माण गर्न चाहने सबैलाई एकताबद्घ हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।