image
image
औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दैछ : उद्योगमन्त्री भण्डारी

औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दैछ : उद्योगमन्त्री भण्डारी

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको बताएका छन् । दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित मुल समारोहमा बोल्दै उनले  मुलुकलाई सफलतातिर डोर्याउनका लागि कयौं चुनौतिको सामना गर्नुपर्ने पनि बताए । 

उनले भने, ‘उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक  क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको छ । अबको हाम्रो यात्रा भनेको समृद्धिको हो । यसमा सरकार र निजी क्षेत्रले गर्नुपर्ने कामहरुको जतिपनि तथ्यांकहरु छन् ती सबै  यथोचित छैनन् । थुप्रै  नकारात्मक तस्वीरहरु हामीले  देखेका छौं,   सुनेका  छौं । थुप्रै सम्भावनाहरु पनि मुखैमा छन् ।  त्यसैले मुलुकलाई सफलतातिर डोर्याउन र  सम्भावनाहरुलाई अवसरमा बदल्नका लागि सबै चुनौतिहरुलाई  चिर्नुपर्ने अवस्था छ ।’

साथै उनले निजी र  सरकारी क्षेत्रले हातेमालो गर्न सके विकासका यात्रामा मुलुक धेरै पछाडि नरहने बताए । उनले राज्यबाट थुप्रै निजी क्षेत्रले औंल्याएका प्रश्नहरुमा समूचित वातावरण बन्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।