image
image
मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो : शंकर पोखरेल

मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो : शंकर पोखरेल

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गमा आयोजित नेकपा (एमाले)को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । शुक्रबारको सभामा जरिवानाको पर्चा जारी गरिएको विषयमा महासचिव पोखरेलले मेयर बालेनलाई एमालेविरोधी गतिविधिमा सक्रिय भएको दाबी गरेका छन् ।  

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो । कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ,’ उनले लेखेका छन् ।

शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो । ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु’,  नगर प्रहरी निरीक्षक लीलाराजा गाछाले लेखेको पत्रमा भनिएको छ ।

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो । सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।