image
image
माइतीघरमा भेट भएका फरक फरक आन्दोलनकारीबीच सहकार्य

माइतीघरमा भेट भएका फरक फरक आन्दोलनकारीबीच सहकार्य


काठमाडौं । सहकारी पीडितहरुले भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिलाई आन्दोलनमा सघाएको छ । बिहीबार माइतीघर मण्डलामा आन्दोलन गर्न पुगेका सहकारी पीडितहरुले संघर्ष समितिको आन्दोलनलाई सघाएको हो ।

आन्दोलनलाई सघाउँदै सहकारी बचत पीडित महासंघका प्रवक्ता पुरुषोत्तम कार्कीले शान्तिपूर्ण आन्दोलन गरिरहँदा अरु दिन हामीलाई सघाएका संघसंस्थाहरुलाई आज आफूहरुले खोला मापदण्ड पीडित संघर्ष समितिलाई सघाएको बताए । उनले आन्दोलन एक्लै गरेर नहुँने र सबैसँग समन्वय गरेर पीडितहरु एक ठाउँमा आए मात्र मुद्दा जित्न सकिने बताएका हुन् ।

उनले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलन हो । अरुबेला हामीलाई सघाएका संघसंस्थाहरुमा आज हामी खोला मापदण्ड पीडित संघर्ष समितिलाई सघाइरहेका छौं । यो कार्यक्रमलाई सपोट गर्दै हामी र्यालीमा सहभागि भएका हौं । आन्दोलन एक्लै गरेर नहुने रहेछ ,सबै मिलेर समन्वय गर्ने र पीडितहरु एक ठाउँमा नउभिएर मुद्दा जित्न नसकिने अवस्था छ । हामी कसैको विरुद्घमा नभएर एउटा सरकारको विरोध गरेका हौं ।’साथै उनले यो कार्यक्रममा ऐक्यबद्धताजनाएको बताए । उनले कसैको घरबार उठिबास हुँदैगर्दासघाउन पाउनु सकारात्मक पक्ष भएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।