image
image
सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको छ : मन्त्री शाही

सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको छ : मन्त्री शाही


काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति सजग रहन आग्रह गरेका छन् । बुधबार विश्व बाल दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको हेरचाह,  शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव हुने बताएका हुन् ।

उनले भने, ‘आजको दिन बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति प्रतिवद्घता व्यक्त गर्ने अवसर पनि हो । बालबालिका हाम्रा भविष्यका कर्णधार हुन् । उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव छ । तर जलवायु परिवर्तन, गरिबी र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको अवस्था छ ।’

साथै, उनले नेपाल सरकारको तर्फबाट बालबलिकाहरुको अधिकार सुनिश्चत गर्न र बालबालिकाको आवश्यकताहरुलाई नीति तथा कार्यक्रममा समावेश गर्ने बताए । उनले  जलवायु  परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार प्रतिवद्घ रहेको समेत बताए । उनले जलवायु परिवर्तनका कारण सम्बन्धित क्षेत्रका बालिकाहरुको सुरक्षित र स्वच्छ जीवनको लागि सरकारले प्रभावकारी नीतिहरु र कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।