image
image
पर्यटनमन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी

पर्यटनमन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी


काठमाडौं । कांग्रेस सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक क्यासिनोलाई इजाजत दिँदा ठूलो रकम घुस लिएको भनेर लगाएको आरोपप्रति माफी मागेका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् ।  बजगाईंले सामाजिक सञ्जालमै लेखेर पाण्डेले क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए ।

त्यसपछि मन्त्री पाण्डेले बजगाईंले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए । सोहीक्रममा मंगलबार अनुशासन समितिले बजगाईंलाई बोलाएको थियो । त्यसको भोलिपल्ट बजगाईंले माफी मागेका हुन् ।

बजगाईंले ट्विटरमा लेखेका छन् –'सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो l मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु l टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु,'  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।