image
image
ट्रेड युनियन काँग्रेस अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो

ट्रेड युनियन काँग्रेस अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो

 

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोेप्रति नेपाल ट्रेड युनियन काँग्रेसले आपत्ति जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल हाल केही महिनाका लागि मर्मत सम्भारका नाममा आफ्नो नियमित अन्तर्राष्ट्रिय उडान सेवा १० घण्टा घटे लगत्तै त्यसको असर स्वरुप अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोप्रति ट्रेड युनियन काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले हवाई टिकट मूल्य वृद्धिका कारण ठुलो आर्थिक मार खेप्नु परेको जनाएको हो । दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म नेपाली युवाहरु आफ्नो भविष्यको खोजीमा अधिकांश खाडिमुलुक तथा पूर्वी एसियाका देशहरुमा रोजगारीमा जाने युवाहरुले चर्को मूल्य भुक्तानी गरी बाध्यतापूर्वक यात्रा गर्नु परिरहेकोप्रति ध्यानाकर्षण भएको महासचिव राईले जनाएका छन् ।                       

‘एकातिर चर्को मूल्य भुक्तानी गर्नुपर्ने र अर्कोतर्फ सस्तोको खोजीमा छिमेकी मुलुक भारत, बंङ्गलादेशबाट हवाई टिकटको व्यवस्थापन गर्दा आफूहरु ठगिएको समेत गुनासो उनीहरुको छ । छिमेकी मुलकबाट यात्रा गर्दा हवाई भाडा नेपालको तुलनामा आधाजसो कम रहेको समेत पाइएको छ । जसबाट राज्यको ठूलो धनराशी बाहिरिएको छ,’विज्ञप्तिमा भनिएको छ ।

‘यस विषयमा ट्राभल कम्पनीहरुलाई नियमन गर्ने अधिकार नेपाल नागरिक उड्यन प्राधिकरण र सरोकारवाला मन्त्रालयको हो । सरोकारवाला उडान गर्ने सम्बन्धित वायुसेवा कम्पनीहरुलाई यस विषयमा सम्बन्धित निकायबाट सचेत गराईएको भएतापनि नतिजा शून्य रहेको छ, र त्यसको प्रत्यक्ष मार श्रमिकहरुले भोगीरहनु परेको विषयप्रति महासंघले गम्भीर चासो व्यक्त गरेको महासचिव राईले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

    साथै महासंघले हवाई भाडा वृद्धिका कारण नेपाल आउने पर्यटक आगमन घटेको र सो क्षेत्रमा काम गर्ने श्रमिकहरुको रोजगारीमा समेत प्रत्यक्ष प्रभाव परेकोले अन्तर्राष्ट्रिय हवाई टिकट वृद्धि गर्न नहुने जनाएको छ । नेपाल ट्रेड युनियन काँग्रेसले यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत सरोकारवाला सबै पक्षहरुलाई समस्याको समाधान निकाल्न समेत जोडदार माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।