image
image
उपनिर्वाचनः  रास्वपा हेटौंडा–१२ ले आशावीर बललाई उम्मेदवार बनाउने

उपनिर्वाचनः  रास्वपा हेटौंडा–१२ ले आशावीर बललाई उम्मेदवार बनाउने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले  हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि  मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतबार वडा,नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले आशा बिर बललाई  वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो ।

‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न समाजिक कार्यहरूमा  सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाको उमेद्वार  पाएका छाँै, आशा बिर बल सक्षम उमेद्वार हुनुहुुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने । उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्बाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्वर १ सभापति टाकाराज थापाले  दाबी गरे । 

‘हाम्रो उमेद्वावार  पुराना दल भन्दा कुनैपनि कुराले कमजोर छैन ।’  रास्वपा मकावानपुरका सभापति भरत पराजुलीले  भने ।  ‘यो पल्ट हेटौडा– १२ नम्बर का जनता सचेत छन् ।  पक्कैपनि देशको राजनीति अवस्था अबलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ ।’ उनले थपे ।  यसैगरि अन्य उम्मेद्वारमा रास्वपा बाट आशाबिर बल ,एकीकृत समाजवादी बाट बलराम बल ,राप्रपा प्रेम लामा ब्लोन ,कांग्रेस बाट  सम्भावित अर्जुन तिवारी ,एमाले बाट सम्भावित राजेश नगरकोटी र माओवादी बाट सम्भावित रबिन प्रधान रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।