image
image
उपनिर्वाचनः  हेटौंडा–१२ मा यसपटक कसले पल्ला भारी ?

उपनिर्वाचनः  हेटौंडा–१२ मा यसपटक कसले पल्ला भारी ?


काठमाडौं । निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमाले मुख्य प्रतिष्प्रर्धीका रुपमा देखापरेका छन् ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यि तीन पार्टीबीच तीब्र प्रष्तिप्रर्धा भएको थियो । हालसम्म अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिन्छ । गतचुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाएका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए ।

गतनिर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् । विजय भएका माओवादीका घलान र दोस्रो भएका काँग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो । गतनिर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था नरहेको स्थानीय मतदाता बताउँछन् ।

माओवादीबाट वडा अध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो । जुन स्थानका लागि निर्वाचन आयोगले निर्वाचन गराउन लागेको हो । जसका लागि माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय रहेको छ । यस्तै एमालेले पनि राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गतस्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसहमत उम्मेदवार छनौट भएका हुन् ।

काँग्रेसले भने अझै वडा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन सकेका छैन् । वडाबाट पाँच जनाको नाम सिफासिर भएपनि जिल्ला पार्टी समितिबाट अन्तिम टुगो लगाउन सकेको छैन् । वडाबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुर्दशन लामाको जिल्लामा सिफारिस भएको जनाइएको छ । जिल्ला तहका एक नेताका अनुसार तिवारीलाई उम्मेदवार बनाउने तयारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।