image
image
नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छ : अर्थमन्त्री पौडेल

नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको महत्वपुर्ण आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताएका छन् । नेपाल विश्वविद्यालयको बिहीबार ललितपुरमा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल विश्वविद्यालयको दायरा नेपालभित्र मात्र नभई सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरि काम गर्न सक्नुपर्ने बताएका हुन् । 

‘नेपाल विश्वविद्यालय नेपाली विद्यार्थीहहरुका लागि मात्र नै होइन संसारका सबै मुलुकका विद्यार्थीहरुका लागि समते एउटा महत्वपुर्ण आकर्षणको केन्द्रबिन्दुका रुपमा स्थापना गर्न सक्नुहोस् । यसको दायरा नेपालभित्र मात्र नरहेर सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरि काम गर्न सक्नुहोस्’, उनको भनाइ थियो ।  सरकार सुरुदेखि नै विश्वविद्यालयको प्रगतिका लागि साथ र सहयोग गर्न प्रतिबद्ध रहेको बताए । 

उनले भने, ‘यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामथ्र्यमा अगाडि बढ्ने हो । नेपाल विश्वविद्यालय साच्चै नै नेपालको भविष्य निर्माणको निम्ति विशिष्ट विश्वविद्यालय हुनेछ भन्ने आशा गर्न चाहान्छु । सरकारले सुरुदेखि नै नयाँ मान्यता र नयाँ सोचको साथमा नेपाल विश्वविद्यालय स्थापना गर्ने तपाईहरुलाई साथ समर्थन रहँदै आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।