image
image
रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले गर्यो अश्रुग्याँस प्रहार

रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले गर्यो अश्रुग्याँस प्रहार


काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। वाइचोकबाट निषेधित क्षेत्र तोकिएको शहिदचोक जान खोजेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो । कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । 

थपिएको म्याद कात्तिक १४ गते बुधवार सकिएको थियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ । र उनलाई आज म्याद थपका लागि अदालत पेश गरिएको छ । लामिछाने पक्राउ परेपछि राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।