image
image
सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको छ : स्वास्थ्यमन्त्री पौडेल

सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको छ : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको बताएका छन् । बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई विकास समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेको बताएका हुन् । 

उनले  भने, ‘पहिलो चोटी सिंहदरबारको वैद्यखाना आएको हो । तर यसको लागि  हामीले विकास समिति बनाइसकेका छौं । धेरै भवनहरु छन्, पूर्वाधारहरु यस्तो रहेछन् भन्ने मलाई थाहा थिएन ।  हामीले गर्न खोजेका कामका लागि यहाँको पूर्वाधार पूर्ण नहोला तर न्युनतम आवश्यकता अनुसारको रहेछ । हामीले विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई समितिमा राखेर यसलाई अगाडि बढाउने प्रयास गरेका छौं । ’

साथै उनले सिंहदरबारको वैद्यखानामा कयौं समस्याहरु भए पनि हामी सबैले मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । उनले वैद्यखाना संस्थालाई सबै मिलेर उजागर गर्न समेत आग्रह गरे । त्यस्तै, उनले वैद्यखानाको उत्पादन घटेको भए पनि विश्वसनियता नघटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।