image
image
देशभर सुरक्षित र व्यवस्थित शहर बनाउने प्रयास भइरहेको छ  ः उपप्रधानमन्त्री सिंह

देशभर सुरक्षित र व्यवस्थित शहर बनाउने प्रयास भइरहेको छ  ः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन् ।मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताए । 

उपत्यकाका बाग्मति, विष्णुमतिलगायतका नदिमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाई थियो । जसरी चलिरहेको छ त्यसैगरि चलाउँ भनेर हुँदैन ।  सुधारका लागि  काम गर्न प्रयास गरिरहेको छु । त्यसमा केही समय लाग्छ,´ उनले भने,`संविधानले दिएको अधिकारलाई आवश्यक कानून बनाएर  कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउन सक्नुपर्छ।´ अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उनले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताए ।देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।

काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समिति शहरी विकास मन्त्रालय अन्तर्गत रहेको भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदि प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको उनले बताए । उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे । जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदी नालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।