image
image
भुटानी शरणार्थी, गिरिबन्धु र  विद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : गगन थापा

भुटानी शरणार्थी, गिरिबन्धु र  विद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : गगन थापा

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र विद्युत मस्यौदा असुलीमा तलमाथी गर्न नहुने बताएका छन् ।

 प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरिबन्धुको मुद्दा टुंग्याउने पर्ने र बिद्युत महशुल बक्यौंता कानुन अनुसार असुल गर्नुपर्नेसमेत जनाएका छन् ।

 ‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौं, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही बिषय उठाउने छौं,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत मस्यौदा शुल्कका बारेमा उहीँ धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ ।’  उनले यी तीनै बिषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नुपर्नेमा जोड गरेका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।