image
image
देशलाई सिस्टममा अगाडि बढाउन युवाहरुको भूमिका महत्वपूर्ण छ :  उपप्रधानमन्त्री सिंह

देशलाई सिस्टममा अगाडि बढाउन युवाहरुको भूमिका महत्वपूर्ण छ :  उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम सहकारी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सिस्टममा अगाडि बढाउनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेको नभई सामाजिक, आर्थिक, राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि धेरै ठूलो भूमिका निर्वाह गरेको बताए । 

उनले भने,‘समाज परिवर्तनमा युवाहरुको भूमिका धेरै छ । युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेका छैनन्, सामाजिक,आर्थिक,राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका धेरै ठूलो हुने भएका कारण सबै जिम्मेवारीहरुलाई ख्याला राखेर आगामि दिनमा राम्रो गर्दै जानुपर्छ ।’ 

उनले प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा भएका कमजोरीलाई सुधार्न आवश्यक रहेको बताए । ‘हामीले राजनीतिक अधिकार पाइसकेका छौं । संविधानपछि प्राप्त गरेका जुन अधिकारहरु छन् । ती अधिकारहरुलाई अब सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा केही कमि कमजोरी भएको छ भने सुधार्न आवश्यक छ ’उनले भने । देशको सुधार र परिवर्तनमा एक अर्कालाई आरोप लगाएर मात्र समाज र देशको अवस्था नसुध्रिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।