image
image
सिमलताल दुर्घटनाः बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किदै

सिमलताल दुर्घटनाः बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किदै

काठमाडौं ।  चितवनको सिमलतालमा त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किदै छ ।नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडी बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ ।

यस अघि भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । यसैबीच शनिबार साँझ चितवनको केराबारीमा नदीको बीचमा रातो बस जस्तो बस्तु देखिएको स्थानीयले बताएपछि सुरक्षाकर्मीहरुले भने सो बस्तु बस नभएको बताएका छन् ।   

असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।