image
image
बेचन झालाई पक्राउ गर्ने डिआइजी केसीको सरूवा

बेचन झालाई पक्राउ गर्ने डिआइजी केसीको सरूवा

 

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार रहेका बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको हो । उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ । 

केसीको दुई महिना नबित्दै सरूवा गरिएको हो । केसी र अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए । बढुवा हुनुअघि केसी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्न केसीको भूमिका थियो । दुवैलाई असार १४ गते शुक्रबार पक्राउ गरेको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।