image
image
कांग्रेस बदनाम हुनथाल्यो, बीपीको सिद्धान्त आत्मसाथ गर्न छाडियो : सुजाता कोइराला

कांग्रेस बदनाम हुनथाल्यो, बीपीको सिद्धान्त आत्मसाथ गर्न छाडियो : सुजाता कोइराला


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरुले बद्नाम गरिरहेको टिप्पणी गरेकी छिन् । कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बीपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताइन् । शनिबार काठमाडौंमा आयोजित ४२औं बीपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले पुर्खाहरुले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बद्नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन् । 

उनले भनिन्, ‘हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ । कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरुले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरुले बद्नाम गर्न खोजिरहेका छन् । कांग्रेस अहिले बद्नाम भएको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो,’ उनले अगाडि भनिन्,‘पार्टीभित्र जसले बीपीको विरासत बोकेको छ, जसले बीपीको सिद्धान्तलाई आत्मसात गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ ।  मलाई अरु पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ ।’ 

सिद्धान्तबिना राजीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन् । डा. शेखर कोइरालाले बीपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उनले सबैले उनलाई समर्थन गर्नुपर्ने बताइन् । 

‘शेखर कोइरालाले बीपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ । उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । बीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ,’उनको भनाइ थियो । केही दिनअघि मात्र नेतृ कोइराला विशालनगरस्थित डा।शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रुपमा डा।शेखरलाई अघि बढाउनुपर्ने बताएकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।