वनमन्त्री शाही र एफएओका नेपाल प्रतिनिधिबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल प्रतिनिधि केन सिमिजुले शिष्टाचार भेट गरेका छन् ।भेटमा एफएओद्वारा नेपालमा सञ्चालित कार्यक्रमहरूबारे छलफल भएको मन्त्रालयका सहसचिव बद्रीराज ढुङ्गानाले जानकारी दिएका छन् ।
सो क्रममा मन्त्री शाहीले नेपालमा एफओले पुर्याएको योगदानको कदर गर्दै आगामी दिनमा थप कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन जोड दिएका छन् ।एफओले विगत लामो समय देखि नेपाल सरकारसँगको समन्वय तथा सहकार्यमा कृषि उत्पादनमा वृद्धिसँगै भोकमरी न्यूनीकरण तथा जलवायु अनुकूलन लगायत कृषि क्षेत्रमा काम गरिरहेको छ ।









